Contact Us

Details » Sucess Stories

अगुवाई गर्न सक्ने भईन जमुना

Date : Mar 3, 2009
अगुवाई गर्न सक्ने भईन जमुना
आफ्नो परिचय दिन नसक्ने, सधैभरी ग्रामिण परिवेश र निम्न आर्थिक अवसथामा हुर्केकी एउटी साधारण महिलाले केहि दिनमै समुदायमा नेतृत्वदायी भुमिका निर्वाह गर्न थाल्नेछिन भन्न गा¥है हुन्छ । यस्तो भयो भने पनि थोरै मात्र हन्छ ।

लगनशिलता र मिहनेतले आफ्नो जीवनमा यस्तो गा¥हो कुरालाई सजिलोगरी परिवर्तन गर्ने मध्येकी एक हुन जमुना राय । उनी अहिले समाज उत्थान यूवा केन्द्रद्धारा हेफर ईन्टरनेशनल नेपालको सहयोगमा संचालित विकल्प परियोजना अन्तर्गत सोनामाई महिला बचत समूहको पहलमा सिनुरजोडा–३, सोहनी समूदायमा गठन भएको प्रगती महिला समूहमा सचिव छिन । “समूहको नियमित बैठक, तालिम होस वा अन्य छरछिमेकमा भएको कुनै कुरा जमुना भईनन् भने पुरा भएको जस्तै लाग्दैन”,  प्रगती समूहका सदस्य लगायत सोहनी समूदायका अन्य महिलाहरु अचेल यसरी भन्न थालेका छन । गत वर्ष साउनको अन्तिम साता गठन भएको यस समूहमा उनी सहभागी हुँदा राम्ररी आफनो परिचय समेत गर्न सक्दैनथिईन ।

गाउँकै सोनामाई समूहका दिदिहरुले, “हामीहरु नयाँ समूह बनाउने भएका छौं, पर्सि भेला डाकेका छांै, तिमि पनि आफ्नो घरपरिवारमा छलफल गरेर आउनु” भने पछि “ समूहमा बस्न मनमा रहर लागेर सासु संग कति धेरै खुसामद गरि अनुमतिलिई भेलामा सहभागी भएको थिए”विगत सम्झिदै भन्छिन् जमुना ! घरको आर्थिक अवस्था कमजोर भएकाले रोजगारीकालागी श्रीमान विदेश गएका जमुनाको घरमा अविभावकको जिम्मेवारी सासुलेनै निर्वाह गर्नुहुन्छ । मध्ये तराईको ग्रामिण परिवेशमा छोरी बुहारी घर भित्रै घुम्टोमा बस्नु पर्छ भन्ने मान्यताले जरो गाडेको अवसथाले समेत उनलाई समूदायमा अगाडी आउन कम संघर्स गर्नु परेन ।

सुरुका दिनहरुमा घरपरिवार लगायत अन्य ब्यक्तिहरुले समेत नानाथरी कुरा काट्ने गर्थे । कहिले तालिममा आएका प्रशिक्षक संग मुखमुखै लागेर कुरा गरि तिम्रि बुहारी, त कहिले तिम्रि बुहारी अब नेता बन्ने भईन ! भनेर उनकी सासुलाई कुरा लगाई दिए पछि सासु रिसले चुर हुन्थिन र कहिले काही त समूहको काममा जानै दिदैनथे । चार दाजुभाई मध्येको कान्छो संग सानै उमेरमा विवाह गरि आए पछि चाँडै दुई छोरी र एक छोराका आमा बनेकी जमुनाले सासुको अ¥हन खटन गरेर छोराछोरी स्यहार गरि सकेर मात्रै समूहको बैठक र तालिमहरुमा सहभागी हुने गर्थिन । विस्तारै तालिमहरुमा सिकेका कुराहरु घरपरिवारमा सुनाउन र संझाउन बुझाउन थालिन, सासुले पनि अलि अलि सहयोग गर्न थाले ।

अविभावक तथा परिवारिक सदस्यकोलागी परियोजना तर्फ बाट हेफर आधारशिला तालिम संचालन भयो जमुनाले भन सुन गरेर आफ्नो सासुलाई तालिममा सहभागी गराईन, तालिम पछि सासुले जमुनालाई अवरोधको सट्टा सहयोग गर्न थालिन । सासुले सहयोग गर्न थाले पछि जमुनालाई सामूहिक होस कि सामाजिक जुन कुनै काममा सहभागी हुन सजिलो र खुकुलो हुन थाल्योे ।

त्यतिकैमा हेफरद्धारा समूदायमा मूल्यमा आधारित साक्षरता कक्षा संचालन हुने भयो घरपरिवारमा सल्लाह गरि जमुना पनि सहभागी भईन । नियमित कक्षामा उपस्थित हुने र पढाई भएको कुरा घरको काम बेलैमा सकेर छोराछोरी संगै बसेर आफु पनि अभ्यास गर्न थालिन । अहिले उनि देवनागरी लिपि र अंक राम्ररी लेख्न पढन जानिसकेकी छिन । त्यसैले त उनको समूहमा अब लेखापढि गर्न दिदिबहिनीहरुले उनैलाई जिम्मेवारी दिएका छन । 

खेतवारीको नाउमा ६ कठा जग्गा मात्र रेहेकोले उनी अन्य कुराको खेती भन्दा पनि त्यसमा यसपाली तरकारी खेती गरेर १५ हजार आम्दानी गरेकी छिन । उनको यस्तो सफल्ता हेरि सासु परेखनी राय खुसिले गदगद हुदै भन्नुहुन्छ, “बुहारीलाई समूहमा जान रोक लगाएर ठुलो गल्ति गर्दै थिएँ, हेफर आधारशिला तालिम नपाएको भए यस्तो चेत कहाँ आउथ्यो र मेरो बुहारी अब लेख पढ गर्न देखी सबै कुरा गर्न सक्ने भएकीले म कति खुसी भएको छु भन्नै सक्दिन” ।

उनका सासु जस्तै साक्षरता कक्षामा पढाउने शिक्षिका निर्माला साह भन्नुहुन्छ, “सुरुमा कक्षामा आउदा मुख छोपेर बस्ने जमुना यस्तो गर्न सक्ने होला भनेर मलाई लागैकै थिएन, यीनी अहिले हाम्रो साक्षरता कक्षाको अन्य सहागीकालागी समेत उदाहरण बनेकी छिन” जमुनाको यस्तै मिहनेती प्रयासले अहिले उनको समूदायमा रहेका सोनामाई, प्रगती, जानकी र ज्योती समूहहरु संयूक्त रुपमा सोहनी समूदायका समपुर्ण राजनितिक दल, गनयमान्य ब्यक्तिहरु तथा अविभावकहरुको भेला डाकीे समूदायमा गरिने कुनै पनि विकासका कामहरु लगायत विधालय ब्यवस्थापन समिति र अन्य उपभोक्ता समितिहरुमा महिला समूहहरुको समेत समान सहभागिता हुनु पर्ने तथा समूदायमा रहेको ऐलानी जग्गामा समूहकोलागी भवन निर्माण गरिनु पर्ने विषयमा क्रमीक रुपमा चरणबद्ध अन्तरकृया र छलफल अगाडी बढाई रहेका छन ।        

महेशराय यादव  
« Back